जुन सदनमा प्रमलाई विश्वास छैन् त्यो सदनले उहाँलाई कसरी विश्वासको मत दिने ?


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिटिङमा संसद हटाइदिउ भनेको बताएका छन्। एउटा मिटिङमा प्रमले संसद हटाइदिउँ भन्नुभएको थियो, उनले ओलीलाई उदृत गर्दै भने,जुन सदनमा प्रमलाई विश्वास छैन् त्यो सदनले उहाँलाई कसरी विश्वासको मत दिने?

उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै त्यतातिर नरहेको आरोप लगाए। कोरोना नियन्त्रणमा जानुपर्ने अहिलेको आवश्यकता होइन? बिरामी बेड र औषधि नपाएर मरिरहेको छन् उनले भने। जुन सदनलाई असंवैधानिक तरिकाले विघटन गरेका थिए त्यहीँ विश्वासको मत मागेको उल्लेख गरे।

उनले विश्व स्वास्थ्य संगठनले एक वर्षअघि नै चेतावनी दिएको सुनाउँदै कोरोना नियन्त्रणमा सरकारले केही नगरेको आरोप लगाए।

अस्पतालका बरण्डामा जनता मरिरहेका छन् । कोभिड महामारीतर्फ ध्यान दिनुपर्थ्यो । तर, ध्यान कहाँ गयो? अयोध्यातर्फ। चितवनमा अयोध्या स्थापना गर्नतर्फ। रथयात्रा तर्फ । त्यसले कोरोना ठीक हुन्छ उनले प्रश्न गरे, सहमति हामीसँग गर्नुभयो । कार्यान्वयनका बेला विश्वासघात गर्नुभयो। धोका दिनुभयो। कसरी विश्वास गर्ने?

मधेस मुस्लिम, जनजाति दलित थारुका राष्ट्रिय समस्यालाई समाधान गर्ने प्रयास तीन वर्षमा नभएको पनि उनको दावी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *