कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न सरकारसंग माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेबरहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्न कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।काठमाडौं ।
शुक्रबार प्रेस विज्ञप्ति देउवाले जारी गर्दै जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाए ।
जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं औषधि (खोप) को भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु, विज्ञप्तिमा भनिएको छ ।
त्स्तै देउवाले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरे । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू बेड र औषधिको नितान्त अभाव भएको देउवाको भनाइ छ ।
कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगर्दा यो अवस्था आएको काँग्रेसको ठहर छ ।
कोरोना नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको देउवाको जिकिर छ ।