राजनीतिक आशय गलत रहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं नेकपा (माओवादी केन्द्र)ले सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाएको आरोप लगाएको छ ।

माओवादीले सरकार संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत भइरहेको आरोप पनि लगाएको छ । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसले सरकार कोरोना महामारीसँग जुध्न असक्षम भएको ठहरसमेत गरेको छ ।

“राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको छ । सर्वोच्च अदालतको फागुन २३ को निर्णयपश्चात ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *