जनता समाजवादी पार्टीमा रडाको र लुम्बिनीको भुलभुलैया


काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसद पद मुक्त भएपछि जनता समाजवादी पार्टीले कुनै कारबाही नगरेको भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभामुखलाई पत्र पठाएका छन् । ठाकुरले बिहीबार मुख्यमन्त्री र संसदीय दलका नेतालाई बोधार्थ दिएर केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको भन्दै पत्र पठाएका हुन् ।

“लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व स।पा। का प्रदेश समितिको समायोजन हुन न सकि जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियावाट गर्न गराउन निर्देशन पठाईसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराईन्छ,” पत्रमा भनिएको छ,“ साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही न भएको व्यहोरा समेत अनुरोध छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *