आजदेखि काठमाडौं उपत्यकाका बैंक ४ घण्टा खुल्ने,एटीएम सुविधा पहिले जस्तै


काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा लागू भएको छ। बढ्दो कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि सरकारले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरु भने दिनमा चार घण्टा मात्र खुला हुने छन्।

उपत्यकाका ३ वटै जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो।
बुधबार राष्ट्र बैंक र बैंकरबीच भएको छलफलमा यो सहमति भएको बताइएको छ। बैंकका एटीएम भने साविककै जस्तै खुला रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *