कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन सरकारलाई देउवाको आग्रह


पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनतफ गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
नेपाललाई ठूलो संख्यामा कोरोना खोपको आवश्यकता रहेको बताउँदै देउवाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजना सहित कुटनैतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *