मनमोहन अधिकारीको योगदान स्मरण गर्दै पार्टी एकताको पक्षमा लाग्न आह्वान


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा संस्थापक एमाले नेता मनमोहन अधिकारीको योगदान स्मरण गर्दै पार्टी एकताको पक्षमा लाग्न आह्वान गरेका छन् । २२ औं स्मृति दिवसको अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै उनले अधिकारीको अभाव खड्किएको पनि बताएका छन् ।

“अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसूस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्Þकिएको छ । मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु,” नेता नेपालले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *