पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा होस्
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताएका छन् ।
शनिवार राति एक ट्वीट गर्दै डा. भट्टराईले अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न समेत अपिल गरेका छन् । भारतीय सीमानामा आवश्यक व्यवस्थापन गर्न समेत उनले सरकारसँग आग्रह गरेका छन् ।
डा. भट्टराईले भनेका छन्, अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर,भ्यूटावर,धरहरा बनाउँदै गरौंला