सरकारलाई दिएको समर्थनबारे निर्णय गर्नैनसक्ने अबस्थामा किन पुग्यो माओवादी


केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे निर्णय नगरी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

बैठकले सरकारलाई दिएको समर्थनबारे कुनै औपचारिक निर्णय नगरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।यो सरकारलाई आफूहरूको समर्थन नरहेको र औपचारिक निर्णयबारे भोलि बस्ने बैठकमा छलफल हुने श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनको पहल भइरहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *