लुम्बिनी प्रदेश प्रकरणले जसपामा मच्चीयो खैलाबैला,के होला अब


काठमाडौं। अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेर संकट टार्ने प्रयत्न गरेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई जनता समाजवादी पार्टी (जसपा) ले झड्का दिएको छ। पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीनसहित चार सांसदलाई उनले मन्त्रीको जिम्मेवारी दिएका थिए। तर, शपथको केही घण्टामै पार्टीले नवनियुक्त मन्त्रीलाई फिर्ता बोलाएको हो।

पार्टी निर्णय विपरीत मन्त्रीको शपथ लिएको भन्दै फिर्ता बोलाइएको हो। शपथग्रहण गरेकोमा पार्टीले चारै जनालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। स्पष्टीकरण चित्त नबुझे कारबाहीको चेतावनी पार्टीले दिएको छ।

जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता सहसराम यादवले पार्टीले फिर्ताको निर्णय गरिसकेको र निर्णय नमाने कारबाहीको प्रक्रिया अघि बढ्ने बताए। यादवले भने, ‘यो पार्टीको आधिकारिक निर्णय हो। उहाँहरुले निर्णय मान्नुभएन भने कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ।’निर्णय अनुसार पार्टी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै फिर्ता नभएमा सांसद पद नरहने गरी कारबाहीको चेतावनी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *