२० जनालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने एमालेको निर्णय
कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्न लगाएको आरोपमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले २० जनालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय एमालेले गरेको भएपनि निर्णय विपरीत ४ जनाले पक्षमा मतदान गरेर सरकारलाई जोगाएका थिए ।
कर्णाली प्रकरणमा छलफल गर्न बसेको सोमवारको आयोजक कमिटी बैठकले ‘फ्लोर क्रस’ गर्न लगाउने नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला लगायत २० जनालाई २ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।