कालिका लघुवित्तको खुद नाफा करिब १५ गुणाले बढ्यो
चालु आर्थिक वर्षको तेस्रो वर्षमा कालिका लघुवित्तको खुद नाफा १४ गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ लाख ५ हजार रहेकोमा चालु आर्थिक वर्षमा कम्पनीको खुद नाफा बढेर ६ करोड पुगेको हो । जुन प्रतिशतको आधारमा १३६४ प्रतिशतको वृद्धि हो ।
यस अवधिमा कम्पनीको सापटी १४.१४ प्रतिशतले बढेर १ अर्ब ४१ करोड पुगेको छ । कम्पनीको निक्षेप १३.७२ प्रतिशतले बढेर १ अर्ब २० करोड पुगेको छ भने कर्जा प्रवाह २३.४६ प्रतिशतले बढेर २ अर्ब ९९ करोड पुगेको छ ।यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ । २५ करोड २३ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा १७ करोड ७७ लाख रहेको छ ।