संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन सांसदहरुको माग


काठमाडौँ । संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन माग गर्दै गगन थापासहितका ४ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।सांसदहरू गगन थापा, भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको र वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका विषयमा प्रस्ताव दर्ता गराएको सांसद थापाले बताए ।
मंगलबारका लागि बोलाइएको संसदको बैठकमा छलफल शुरु हुने अपेक्षा लिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *