संस्थापक शेयर विक्री गर्दै एनआईसी एशिया बैंक


काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानीकोषको संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आइतवारदेखि नेशनल लाईफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर बैशाख १० गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४६३ र नागरिक लगानीकोषको रू। १ हजार ४५५ तोकेको छ । यी शेयर खरिद गर्न चाहनेहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुबाट बैशाख ५ गतेपछि घोषणा हुने हकप्रद शेयर र बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *