वाणिज्य बैंकको शाखा पुग्न बाँकी यी चार स्थानीय तह


चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन महिनासम्ममा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।

कुल ७५३ स्थानीय तहमध्ये २०७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भई सकेको छ । २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या हाल १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा हाल १०,४३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *