गोर्खाज फाईनान्सको साधारण सभा वैशाख २१ गते


काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहाख ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । साथै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाछ तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । कोभिड जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।
सभा प्रयोजनका लागि वैशाख ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *