देउवा निवासमा तीन दलको बैठक सुरु, के निस्कन्छ निकास ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको बैठक सुरु भएको छ । देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बसेको हो ।
बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत छन् । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् । यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी छन् ।
बैठकमा सत्तासमीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।