‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार, तर किन भएन् कारवाही ?
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।
३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर, शायद मैले गल्ती गरेँ ।’अहिले बादल गृहमन्त्री छन् । प्रचण्डले नाम नलिए पनि उनले बादलाई नै लक्षित गरेको अनुमान गरिएको छ ।
उनले पार्टीले अवसर पाउँदा सङ्गठनमा निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना पनि गरे ।