अविश्वास प्रस्तावको संकेत पछि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको संकेत पाएपछि अप्रत्यासित रूपमा प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । मंगलवार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने गरी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिश गरेको हो ।
हिउँदे अधिवेशन शुरू भएको आज ६ दिन मात्र पुगेको छ । यसबीचमा १८ गतेयता जम्मा ४ वटा बैठक मात्र बसेका छन् ।विपक्षीले सरकार परिवर्तनका लागि अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेको संकेत पाएपछि सरकारले संसद्लाई बिजनेस नभएको भन्दै अन्त्य गर्न सिफारिश गरेको हो ।