व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि पर्यटन बोर्डले सघाउने
काठमाडौं । नेपाल पर्यटन बोर्डले देशैभरिका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ ।
पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा आयोजित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालिमको समापनमा अवसरमा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका छन् ।
कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटक आउने अवस्था अझै बनिनसकेको अवस्थामा आन्तरिक पर्यटन आवश्यक रहेको र त्यसको लागि साना तथा मझौला होटल व्यवसायीहरुले होटलहरूको स्तरीकरण र व्यवसायीहरुको क्षमता अभिवृद्धिलाई जोड दिनु पर्ने डा. रेग्मीले बताए ।
शनिबार र आइतबार दुई दिन सात प्रदेश ७७ जिल्लाका १२० जना व्यवसायी सहभागी तालिममा व्यवसायीहरूले रोजगारी सिर्जना आन्तरिक पर्यटनमा साना तथा मझौला होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेपनि राज्यले साना व्यवसायीहरूलाई सोही अनुरुप सहयोग गर्न नसकेको गुनासो गरे ।