नेशनल लाइफ र नागरिक लगानी कोषको संस्थापक शेयर लिलाममा
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम गर्ने भएको छ ।
कम्पनीले इन्स्योरेन्सको ५५ हजार ८ सय ६६ कित्ता र कोषको ५० हजार कित्ता शेयार लिलाम गर्न लागेको हो । कम्पनीले यी शेयर आज चैत्र २३ देखि ३१ गतेसम्म लिलाम गर्न लागेको हो ।
कम्पनीले इन्स्योरेन्सको शेयरको न्युनतम मुल्य प्रति कित्ता ४६६ र कोषको शेयरको न्युनतम मूल्य प्रति कित्ता १५२९ रुपैयाँ कायम गरेको छ । आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि दिन सकिने छ ।
सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।