नक्सलवादीहरूको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु


भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या भएको छ।नक्सलवादीहरूको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको हो ।
भारतको छत्तीसगढ प्रदेशअन्तर्गत पर्ने विजपुरमा शनिवार घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

छत्तीसगढको सुक्मा-विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ, स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भनेका छन् ।घटनामा परी अरू ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए ।उनले अरू २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *