गम्भीर संकटमा कर्णाली सरकार, खनाल-नेपाल पक्षका मन्त्रीहरूले सरकार छाड्ने
काठमाडौं । कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गरिदिन आग्रह गर्ने भएको छ ।
आइतबार सुर्खेतमा बसेको दलको बैठकले सरकारमा रहेको प्रमुख घटकले समर्थन फिर्ता लिने निर्णय गरेकाले मार्ग प्रशस्त गरेर सहजीकरण गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले तत्काल राजीनामा दिने/नदिने विषयमा पनि छलफल भएको थियो । मन्त्री नन्दबहादुर बुढाले उपयुक्त समयमा राजीनामा दिने सहमति भएको जानकारी दिए ।