वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोज्यो
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् ।
दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा आज उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै उहाँले पाँच वर्षका लागि जनताबाट म्याण्डेड पाएको कम्युनिष्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको बताए ।
संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोेजेको उनको भनाइ थियो ।