भूमाफियाको बदमाशी, गाउँ नै अर्काको नाममा

६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन् ।

तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरु त्यहाँबाट विस्थापित भइ करहियाको खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए ।
३२ परिवार थारु र दलित समुदायका रहेका छन् ।सुरुमा १०-१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताए ।
सोझा साझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *