मान्छे जन्मले होइन, कर्मले महान् हुन्छ,हुनुपर्छ


चाणक्य एक योग्य शिक्षक थिए । उनी राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् ।

जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन् ।

तीमध्ये एक हो आम्दानी भन्दा बढी खर्च गर्नु मुर्खता हो।
चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निशानी हो । पूँजीलाई सधैं जरुरी समयका लागि जोगाएर राख्नुपर्छ ।

चाणक्य नीति अनुसार भोग विलासिताका वस्तुहरूमा खर्च गर्नु हुँदैन । जसले यसो गर्छ उसलाई ऋण लाग्नबाट कसैले रोक्न सक्दैन । यस्ता व्यक्तिहरूको जिन्दगीमा दुख, कलह र मानसिक तनावले घेरिरहन्छन् ।

चाणक्यको अर्को प्रसिद्ध भनाइ छ,कोही पनि आफ्नो जन्मले होइन कर्मले महान् हुन्छ ।उनले यसको व्याख्या गर्दै भनेका छन्, जो कोही व्यक्तिले पनि आफ्नो कर्मलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जन्मका आधारमा श्रेष्ठता मापन हुँदैन बरू व्यक्तिले कस्तो कर्म गर्छ त्यसले उसको सफलता निर्धारण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *