माओवादी केन्द्रको स्थायी कमिटी आज, के समर्थन फिर्ता होला


काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम निष्कर्षमा पुगेको छ । गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समर्थनको संकेत दिएका थिए । नागरिक प्रश्नहरूको घेराबन्दीमा परेका प्रचण्डले छिट्टै समर्थन फिर्ता गर्ने बताउँदै उम्किएका थिए ।

माओवादी केन्द्रले त्यसको तयारी गरेको बताइएको छ । त्यसका लागि पार्टीले बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । समयको भने टुङ्गो लागि नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *