एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामको कम्पनी दर्ता


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा कम्पनी दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामको पब्लिक कम्पनी दर्ता भएको प्रमाणपत्र दिएको हो ।

यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तका अनुसार ५ प्रतिशत लगानीसहित नेपाल सरकारसमेत प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ ।
उक्त रकम यसै हप्ताबाट प्राप्त हुन थाल्ने उनले बताए। उनका अनुसार कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।
८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर ९आईपीओ० निष्काशन हुने र त्यसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यद्यपि यस आईपिओमा एनआरएनले मात्र लगानी गर्न सक्ने छन् । संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *