सत्ता र स्रोतको उन्मादले ओलीले विभाजनको रेखालाई फराकिलो पारे : नेपाल-खनाल समूह


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए।

नेकपा एमाले पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्छौ। ओलीको कार्यको भर्त्सना गर्दै देशभरका कार्यकर्तालाई एकतावद्ध हुन हार्दिक आह्वान गर्दछु,रावलले भने।रावलले देशभर एमालेलाई पुरानै अवस्थामा फर्काउने गरी पार्टीका क्रियाकलाप सञ्चालन गर्ने बताए। वरिष्ठ नेता नेपाल र रावललाई ओलीले कारवाहीपछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकले देशभर ९ औं महाधिवेशनबाट बनेको कमिटीलाई क्रियाशील बनाउने पनि निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *