माधव नेपाल र भीम रावललाई निलम्बन,थप कडा कारवाहीको चेतावनी


काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरु दुवैजनालाई ६ महिना निलम्बन गरेका हुन् ।“यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *