बंगलादेशलाई पराजित गर्दै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि


काठमाडौं। थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले २-१ गोल अन्तरले बंगलादेशलाई पराजित गरेको हो।

नेपालका लागि संजोक राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। संजोक राईलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले एक गोल फर्काएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *