सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता,के कम भयो दुरी


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा पुन: स्थापनापछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाकाबीच पहिलो पटक भेट भएको हो । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्नका लागि पहल गरिरहेको तर समय नमिलेको बताएका थिए ।सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, भेटका क्रममा संसदलाई प्रभावकारी बढाउने विषयमा र संसदमा रहेको विधेयकका विषयमा छलफल भएको हो ।’

न्यौपानेका अनुसार हिजो बिहान ११ बजे प्रधानमन्त्रीसँग छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।झण्डै २ घण्टा बढी छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *