धेरै खराब कर्जा हुने लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको पत्र
नेपाल राष्ट्र बैंकले धेरै खराब कर्जा हुने लघुवित्त कम्पनीहरुलाई पत्र काटेको छ। केन्द्रिय बैंकले धेरै खराब कर्जा भएका लघुवित्त कम्पनीहरूलाई पत्र काटेको हो। अहिले धेरै लघुवित्तको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै पुगेको अवस्था छ। केन्द्रिय बैंकले ५ प्रतिशतभन्दा धेरै खराव कर्जा हुने कम्पनीहरूलाई खराब कर्जा धेरै हुनुको कारण सोध्दै पत्र काटेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय लघुवित्त कम्पनीहरुको खराब कर्जा उच्च रुपले बढेको थियो। खराब कर्जा ५ प्रतिशतभन्दा धेरै पुगेपछि लघुवित्त कम्पनीहरुलाई केन्द्रिय बैंकले पत्र काटेको हो।
कोरोना भाइरसको संक्रमण सुरु भएसँगै भएको लकडाउनले गर्दा सबैको आम्दानी घटेको छ, जसले गर्दा लघुवित्त कम्पनीहरुले कर्जा उठाउन सकेका छैनन्। यसै कारण उनीहरुको खराब कर्जा बढ्दै गएको लघुवित्त कर्मीहरु बताउछन्।