सिटिजन्स बैंक र तिनाउको एकीकृत कारोबार सुरु
सिटिजन्स बैंक इन्टरनेशनल र तिनाउँ विकास बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकका संचालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु उपस्थित रहेको एक कार्यक्रममा बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबार सुरु गरे।
सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन्।
सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । तिनाउँलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप १२७ अर्ब तथा कर्जा लगानी ११३ अर्ब रुपैयाँ पुग्नेछ।