नेप्सेमा ४ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर थप


यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको सेयर थपिएको छ । नेप्सेका अनुसार यस साता ४ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा यस साता वोमी लघुवित्त, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको सेयर सूचीकृत भएको हो ।
वोमी लघुवित्त
आइतबार वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो ।
बुटवल पावर कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार नेप्सेमा बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस बापत २६ लाख ७४ हजार ७८७ कित्ता सेयर सूचीकृत भएको छ ।
नेशनल लाईफ इन्स्योरेन्स
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३० लाख ८२ हजार ६२६।५३ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।
सनराइज बैंक
नेपाल स्टक एक्स्चेञ्जमा बिहिबार सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको ५.८० प्रतिशत बोनसवापतको ५२ लाख एक हजार ३३०.६३ कित्ता सेयर सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *