माया खोला हाईड्रोले आईपिओ निष्काशन गर्ने


माया खोला हाईड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले बिहिबार शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा माया खोला हाईड्रोका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *