पार्टीको एकताका लागि सबैले हरसम्भव प्रयास गर्नुपर्छ
नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले एमाले विभाजन हुन नदिन सबैले हरसम्भव कोशिस गर्नुपर्नेमा जोड दिएका छन् । उनले थोरै पनि लचकताबाट यो सम्भव भएको भन्दै विभाजन रोक्नेतर्फ लागिपर्ने अपील गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई सोधेको स्पष्टीकरणपछि माधव नेपालले दिएको जवाफले मिल्ने भन्दापनि बल्झने स्थिति पैदा हुने देखिएपछि भट्टराईले यस्तो अपील गरेका हुन् ।
‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो सम्भव छ’, भट्टराईले ट्वीटरमार्फत भनेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झेमात्र पुग्छ ।’