चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा


काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २ हजार ७९ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. १८९ ले बढेको हो । कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढ्दै आएको हो । बिहीवार सर्वाधिक माग रहेको कम्पनीमध्य चौथो नम्बरमा रहेको यस कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।

१ बजेर २५ मिनेटको कारोबार अवधिसम्म ३ लाख २२ हजार २५३ कित्ता शेयर खरिद माग रहेको छ । विक्री कर्ता भने देखिएका छैनन् । दोस्रो बजारमा माग र आपुर्तिकै कारण मूल्य निर्धारण हुने हुदाँ कारोबारको सुरुवातदेखिनै उच्च खरिद माग रहेकाले पनि यस कम्पनीको शेयरमूल्यमा निरन्तर बृद्धि देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *