कोरोना संक्रमण बढेपछि फ्रान्स र पोल्यान्डमा आंशिक लकडाउन
कोरोना संक्रमण ह्वात्तै बढेपछि फ्रान्स र पोल्यान्डमा आंशिक लकडाउन गरिने भएको छ।
कोरोनाको तेस्रो लहरले फ्रान्सको राजधानी पेरिससहित विभिन्न शहरहरु प्रभावित भएका छन्।
फ्रान्समा शुक्रवार मध्यरातबाट आंशिक लकडाउन गरिएको हो। लकडाउन घोषणा गरिएसँगै शहर छाड्नेहरुको संख्या बढ्दा ट्राफिक अस्तव्यस्त भएको थियो।
पहिलाको जस्तो कडा लकडाउन नभएपनि अत्यावश्यक व्यवसायबाहेक का अन्य व्यवसाय बन्द गर्न भनिएको छ। विद्यालयहरु भने खुल्नेछन्।
पोल्यान्डमा शनिबारदेखि तीन हप्ताकालागि लकडाउन घोषणा गरिएको छ। यो समयमा पसल, होटल, सांस्कृति र खेलकुद क्षेत्र बन्द गरिने भएको छ।