अहिलेको यक्ष प्रश्न केपी ओलीलाई कसरी छिटो हटाउने भन्ने हो
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको यक्ष प्रश्न प्रधानमन्त्रीबाट केपी ओलीलाई कसरी छिटो हटाउने भन्ने भएको बताएका छन् ।
शनिवार एक ट्वीट गर्दै उनले अहिलेको यक्ष प्रश्न कोसँग सत्तासमिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै नभएको जिकिर गरेका छन् । उनले अगाडि आएको बाघलाई पहिले हटाउनुपर्नेमा जोड दिएका छन् ।