जाल्पा लघुवित्तले पनि आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक प्रभु क्यापिटल


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ चैत्र ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको हो।

सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतविमला योगीज्यू तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *