अध्यादेश सदनमा पेश हुन नसकेकोप्रति प्रधानमन्त्रीको आक्रोश

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सरकारले दर्ता गराएको अध्यादेश सदनमा पेश हुन नसकेकोप्रति आक्रोश पोखेका छन् ।
शुक्रबार बेलुकी बालुवाटारमा आयोजित उद्योगी व्यवसायीको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा अध्यादेश अड्किएको विषयमा आक्रोश पोखेका हुन् ।अध्यादेश ल्याउँदा अहिलेको जस्तो संसद श्रद्धाञ्जलि दिँदै उठ्ने अवस्था रहिरहेमा केही गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुरामा बिलम्ब गर्न नहुने बताए ।
रोजगारी र उत्पादन दिने र निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुविधाको चिन्ता नगर्न उद्योगी व्यवसायीलाई आश्वासन दिए ।
‘के सुधार गर्नु पर्यो । यसका लागि ऐन संशोधन गर्न विधेयकका रुपमा ल्याउन पनि सरकार तयार छ । उनले भने, ‘देश विकासका लागि जरुरी पर्यो भने अध्यादेश पनि ल्याइन्छ । अध्यादेश संविधानसम्मत कुरा हो ।’