पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेका छन् : माधवकुमार नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन् ।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन् । नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन् । साइबर स्यालदेखि होसियार ,” नेता नेपालले भने ।
नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।
एकीकृत नेकपा विभाजन हुनु, नेकपा एमाले नै आन्तरिक रुपमा यस्तो अवस्था आउनुको एक मात्र जिम्मेवार अध्यक्ष ओली रहेको उनले दोहोर्याए ।अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।
ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए ।