चिरख्वा हाईड्रोले आईपिओ निष्काशन गर्ने

चिरख्वा हाईड्रो पावर कम्पनीले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
सम्झौतामा हाईड्रो पावर कम्पनीको तर्फबाट संचालक केदार नाथ कार्की र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कम्पनीले १ सय रुपैयाँ अंकित दरको १२ करोड रुपैंयां बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले भोजपुर जिल्ला षडानन्द न.पा मा ४.७ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।