माओवादी केन्द्र सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जाने
नेकपा माओवादी केन्द्रले सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको छ साथै माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए ।