माधव नेपाल र ओली बीचको छलफल फागुन २८ गतेको निर्णयमा रोकियो


काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षले २८ फागुनमा बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनु पर्ने अडान राखेको छ ।संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले २८ फागुनको निर्णय आफूहरूलाई थाहा नभएको जनाउँदै निर्णय स्वीकार्य नभएको अडान राखेको छ ।
माधव नेपाल पक्षले ३ वर्षअघिको स्थितिबाट काम कारवाही अगाडि बढ्नुपर्ने धारणा राखेको थियो । ‘
सर्वोच्चले नेकपा एमाले ३ वर्ष अगाडिको स्थितिबाट अगाडि बढ्नु भनेपछि प्रस्थान विन्दुबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो अडान रह्यो,’ रावलले भने, ‘सर्वोच्चले फैसला गरेपछि एमाले पूर्ववत् अवस्थामा गएको कुरालाई स्वीकार नगरे मान्य हुँदैन । पार्टीबाट कुनै निर्णय गर्नुपरेमा केन्द्रीय कमिटीको साझा निर्णय गर्नुपर्छ । २८ गते जुन प्रकारको बैठक भयो भनिएको थियो, त्यसलाई मानिरहने भयो भने त एमाले भएको मानिएन ।’

नेपाल पक्षले २८ गतेको निर्णय रद्द भएमा चैत्र ४ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्ने बताएको छ । तर, आफूहरूको मागप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *