नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्ने
नेपाली शेयर बजारमा सबैभन्दा धेरै प्राथमिक शेयर निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्ने भएको छ ।
आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्न लागिएको जानकारी दिए ।आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ९नाफिज० को ‘आर्थिक संवाद’ कार्यक्रममा बैंकले ‘चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्ने जानकारी दिइएको थियो । बोण्डका लागि नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको छ ।
सो बोन्डबाट लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् । उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि जारी हुने समेत खतिवडाले जानकारी दिए ।
पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाको भनाई छ ।