नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिमा ६ एजेण्डामा छलफल


नेकपा एकता भंग गरी फागुन २३ गते सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो ।आजको बैठकमा छ एजेण्डा बारे चर्चा भएको छ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको सदस्य संख्या ४ हजारबाट २ सयमा झर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य संख्या २ सयबाट नबढ्ने प्रस्ट पारेका हुन् ।
बैठकमा प्रस्तुत भएका ६ एजेण्डामध्ये पार्टीको नाम फेर्नेबारे पनि एउटा एजेण्डा थियो ।

माओवादी विचारधारमा सहमत नहुने अन्य कम्युनिस्टलाई समेत समेत आकर्षण गर्नै भन्दै माओवादीमा पार्टीको नाम फेर्ने एजेण्डा आइतवारको बैठकमा पेश भएको थियो ।नाम फेर्नेबारे एजेण्डामा कुनै छलफल भएन । यसपछि बस्ने बैठकमा नाम फेर्नेबारे छलफल हुनेछ ।

सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध लगायतका एजेण्डा लिएर बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *