अहिले हामी शान्तिपूर्ण युद्धमा छौं, त्यो युद्ध चलिराखेकै छ : प्रचण्ड


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि एक पटक लड्ने बेला आएको बताएका छन् ।आफ्नै खुट्टामा उभिन देशव्यापी अभियान चलाउन लागेको बताउँदै प्रचण्डले अब जनताको घर दैलो गर्ने बताए । उनले भने, ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।

‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिका विरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि तयार, मर्नु परेपनि तयार भनेर गरेको हो,’ उनले भने, ‘युद्ध भनेको हिंसा सहितको राजनीति हो ।
अहिले हामी शान्तिपूर्ण युद्धमा छौं, त्यो युद्ध चलिराखेकै छ । संसद विघटन, संविधान र गणतन्त्र खारेज गर्ने एउटा षड्यन्त्रविरुद्ध हामीले जित्यौं तर वार जितेका छैनौं । अझै पनि परिवर्तनमाथि हमला भइरहेकै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *