साना किसान लघुवित्तको सेयर लिलामीमा
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले अवितरित हकप्रद सेयर बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
संस्थाले १२ हजार ४४२ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको हो । जसमध्ये सेयर संस्थापक सेयरतर्फ ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ ९ हजार ७४ कित्ता रहेको छ ।
संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।
लगानीकर्ताहरुले उक्त सेयरमा फागुन २८ गते देखि चैत १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड तथा साना किसान लघुवित्तका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।